धनगढीमा एक्सपर्ट शैक्षिक सम्मेलन २०२३ हुने
धनगढी । धनगढीमा एक्सपर्ट वृहत शैक्षिक सम्मेलन २०२३ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा भोलि (शनिबार) धनगढीमा एक्सपर्ट शैक्षिक सम्मेलन हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।
शैक्षिक सम्मेलनमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले जानकारी दिए ।
शैक्षिक सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको उनले जानकारी दिए । सम्मेलन आफनै कार्यालय रहेको हलमा गरिने उनको भनाई छ ।
शैक्षिक सम्मेलनमा विदेशका विभिन्न विश्वविद्यालयहरुका २० देखि २२ जना प्रतिनिधिहरुको सहभागीताका साथै अनुभवहरु व्यक्त गरिने छन् । उनीहरुले आफ्ना विश्वविद्यालयले पठनपाठन गराईरहेका विषयहरुका बारेमा विद्यार्थीहरुलाई अवगत गराउनेछ । सम्मेलनमा कक्षा १२ उत्तिर्ण गरेका झण्डै पाँच सय विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
छ बर्षअघि धनगढीमा स्थापना भएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढी शाखाले बर्षमा दुई पटक विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी दिदै आएको छ । अष्ट्रेलिया, क्यानडा, वेलायत, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्यार्थीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले धनगढीबाट सुविधा दिदै आएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको छ । अष्ट्रेलियामा रहेका विश्वविद्यालयका प्रतिनिधिहरुलाई नेपालमा उपस्थित गराई विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी गराउनका लागि नै सेमिनार गर्दै आएको धनगढी मार्केटिङ म्यानेजर चौधरीले बताए ।
सेमिनारको माध्यमबाट विद्यार्थी र अभिभावकहरुले अष्ट्रेलियामा रहेका विश्वविद्यालयहरुमा कस्ता–कस्ता प्रोग्रामहरु रहेछन्, आफूलाई उपयुक्त हुने कोर्ष, त्यसमा लाग्ने शुल्क, त्यहाँ रहेका अवसर र चुनौतीहरु, अष्ट्रेलियाको शैक्षिक अवस्था, वातावरण, नेपाली विद्यार्थीहरुले पाउने सेवा र सुविधा, काम गर्ने समय लगायत सम्पूर्ण विषयमा जानकारी प्रदान गरिने चौधरीले बताए ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज यस्तो संस्था हो, जसले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श, विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ ।
एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पुर्याउने काम गर्दै आएको छ । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टले अष्ट्रेलिया र नेपालमा गरी १४ देशहरुमा शाखा कार्यालय विस्तार गरी विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायत अन्य सेवा र सुविधा पनि प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया