सुदूरपश्चिमका निमित्त वन निर्देशक भट्टले गरे मन्त्री धामीलाई अश्लील गाली

  बिहिबार ३२, साउन २०८० ०५:३०

धनगढी । सुदुरपश्चिम प्रदेशका तत्कालीन निमित्त वन निर्देशक कृष्ण दत्त भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीलाई तथानाम गाली गरेको अडियो सार्वजनिक भएको छ ।

निमित्त निर्र्देशक भट्टले मन्त्री धामीले आफूलाई सरुवा गर्न खोजेको भन्दै अश्लील शब्द प्रयोग गर्दै गाली गरेको अडियो बाहिरिएको हो । उनले मन्त्री धामीमाथि तथानाम अश्लील शब्द प्रयोग गर्दै आमा चाकरी गाली गरेका हुन ।

भट्टले निर्देशनालयमा बस्दा काम पनि राम्रो नगरेको र विवादित भएको भन्दै वन मन्त्रालयले उनको सरुवा गर्न खोजेको स्रोतको दाबी छ ।

भ्रष्टाचार मुद्दामा सफाई पाएपछि तत्कालीन समयमा वन निर्देशक रहेका हेमराज बिष्टले जिम्मेवारी सम्हालेपछि आक्रोशित भएका भट्टले मन्त्रालयकै एक कर्मचारीलाई टेलिफोन गरेर धामीमाथि खनिएका हुन् ।

तर ती कर्मचारीको नाम खुलाइएको छैन । सार्वजनिक अडियोमा वन निर्देशक भट्टले बोलेका शब्द समाचारमा उल्लेख गर्न सकिने खालका छैनन् । सार्वजनिक अडियोबारे प्रतिक्रिया लिन तत्कालीन निमित्त निर्देशक भट्टलाई फोन गरिएपनि उनले उठाएनन् ।

यता वन मन्त्री धामीको सचिवालयले सार्वजनिक अडियोबारे ध्यानाकर्षण भएको जनाएको छ । उनका स्वकीय सचिव रमेश भट्टराईले सार्वजनिक अडियोमा मन्त्री धामीका बारेमा व्यक्त गरिएको कुरामा कुनै सत्यतता नरहेको दाबी गरेका छन् । उनले अडियोमा सुनिएको अर्को आवाज मन्त्रीको नभएको पनि प्रष्ट पारेका छन् ।

clock बिहिबार ३२, साउन २०८० ०५:३०

प्रतिक्रिया