सुनकाण्ड छानवीन गर्न उच्च स्तरिय छानबिन समिति गठन नहुँदासम्म एमालेको बिरोध रहिन्छ : महासचिव पोखरेल

  बुधबार ३१, साउन २०८० १६:२९


धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनकाण्ड बारे उच्च स्तरिय छानबिन समिति गठन नहुँदासम्म एमालेको बिरोध रहिरहने बताएका छन् । एमाले कैलालीद्वारा आयोजित अगुवा कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार आफै सुन प्रकरणमा संलग्न भएको पुस्टी हुन लागेकाले उच्च स्तरिय छानबिन आवश्यक रहेको बताएका हुन् । महासचिव पोखरेलले सरकारको नेतृत्व कर्ता माओवादी केन्द्र र नेपाली काग्रेंसका समेत नेताहरु सुन प्रकरणमा फस्ने देखिएपछि सरकार उच्च स्तरिय छानबिन समिति बनाउन अनिच्छुक रहेको दावी गरे ।

नेकपा एमाले सहित देशभरी उच्च स्तरिय छानबिनको आवाज उठिरहँदा समेत सरकार उच्च स्तरिय छानबिन समिति बनाउन अनिच्छुक देखिदा आफै यस प्रकरणमा संलग्न रहेको पुस्टी हुने पोखरेलको भनाई थियो । सरकारमा रहेका र तिनका नेताहरुलाई जोगाउन सरकार अनेक प्रपन्च रचिरहेको पोखरेलले बताए । उच्च स्तरिय छानबिनको आवाज उठाउँदा बिभिन्न आरोप लगाउँदै एमालेलाई कमजोर पारेर सरकार सुन काण्डबाट जोगिन खोजिरहेको उनले बताए । जबसम्म सुनकाण्डको छानबिनका लागी उच्च स्तरिय छानबिन समिति गठन हुँदैन तबसम्म एमालेको संसद अवरोध संगै सघंर्षका कार्यक्रम जारी रहने महासचिव पोखरेलले बताए ।

सरकारले लुकाउन धेरै खोज्यो तर छर्लगं भएपछि कसरी लुकोस महासचिव पोखरेलले भने “२ सय किलो सुन नेपाल भित्रिएको पूस्ट देखिसकेको छ, सुन निकालेर खोका त भेटिएका छन् नी, अनी त्यस माथी छानबिन गर्नका लागी उच्च स्तरिय छानबिन समिति बनाउ भन्दा किन गठबन्धनका साथहिरुको टाउको दुख्छ, उहाँहरु संलग्न हुनुहुन्थेन भने किन टाउको दुखाउनुहुन्थ्यो, त्यस कारण सत्ता पक्षनै सुनकाण्डमा संलग्न भएको पुस्टी हुन्छ ।”

एमालेले उच्च स्तरिय छानबिनको माग गरिरहँदा उल्टै हामीमाथी घेराबन्दी हुन्छ पोखरेलले भने “हामी र हाम्रा मुद्धालाई कमजोर पार्ने षडयन्त्र अनुरुप एमालेमाथी उल्टै आरोप थुपारिन्छ, पशुपतिको जलहरी बारे आरोप आयो तर अख्तियारले प्रस्ट पारिदियो नी के रहेछ भनेर, यस्तै झुट आरोप लगाएर हाम्रो मुद्धालाई कमजोर पार्न खोज्ने र सरकारमा रहेकाहरु सुन काण्ड, ललिता निवास प्रकरणबाट मुक्ती पाउन खोजिरहेका छन् ।” सुनकाण्डमा मुछिएका माओवादी नेतालाई सोधपुछ समेत गरिएको छैन अनी यहि हो निस्पक्ष अनुसन्धान पोखरेलले प्रश्न गरे “सुनमा त्यस्तै, भुटानी सरणार्थी प्रकरणमा अरु संग जोडिएका धमाधम कार्वाहीमा छन्, गठबन्धनमा रहेका नेताहरका कल रेकर्ड आउँदापनि उनिहरुमाथी अनुसन्धान हुँदैन, ललिता निवास प्रकरणमा मन्त्रीपरिषदबाट निर्णय गर्नेहरुलाई अनुसन्धानको दायरामा ल्याइदैन, अनी यो सरकारले तस्करी, भ्रस्टाचारी जोगाउन नखोजेर के खोजेको हो ।”

पोखरेलले देशमा देखिएको आर्थिक संकट युक्रेन÷रसिया युद्धको कुनै प्रभाव नरहेको दावी गरे । युक्रेन÷रसिया संग नेपालको ब्यापार नभएको अवस्थामा त्यहाँको युद्धले अर्थतन्त्रमा कुनै प्रभाव नपार्ने उनको भनाई छ । बर्तमान गठबन्धन सरकारकै कारण देशमा आर्थिक संकट देखिएको उनले बताए । बर्तमान सरकार माफिया र तस्करहरुलाई पोस्ने काम गरिरहेका कारण आर्थिक संकट सुधार हुन नसकेको उनले बताए । चोर बाटोबाट बिदेशी समान भित्र्याउन तस्करहरुसंग सरकारनै मिलेका कारण राजश्वमा ठुलो गिरावट आएर आर्थिक संकट श्रृजना भएको पोखरेलले बताए । अब यो आर्थिक संकट यही गठबन्धनको हातमा सरकार रह्यो भने झन बढ्छ उनले भने “सरकार तस्करी र माफियाहरुलाई पोस्ने काममा मात्रै छ, जनताका मुद्धा सम्बोधन गर्दैन त्यस कारण यो सरकारले चाँडो भन्दा चाँडो गएर जनताको सरकार एमाले नेतृत्वको सरकार आउन जरुरी छ, जनताको अबिभारा एमालेले पुरा गर्ने छ ।”

नेकपा एमालेले नेतृत्व गर्दा कति बिकास भए, कति सडक बने उनले भने “कति अस्पताल बने, कति बिमानस्थल बने, नेपालीको आर्थिक बृद्धीदरमा कति प्रगती भएको थियो छर्लगं छ, तर यो गठबन्धन आएपछि के काम भएको छ, आथिृक अवस्था कहाँ पुगेको छ जनताले प्रस्ट बुझेका छन् ।” रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती थारुको पार्टी भन्छ खै थारुका लागी काम गरेको कुनै एउटा काम छ उनले भने “काम जती एमालेले गर्ने अनी थारुको पाटी भन्दै ठग्न पाइन्छ, थारुको उत्थानका लागी सबै एमाले नेतृत्वमा काम भएका छन्, कुनै जातका नाममा जनतालाई ठगेर राजनिति अगाडी बढ्दैन त्यो सिमित समयका लागी हो, तपाइहरु ढुक्क हुनुहोस सबै जातजाती, लिगंका लागी काम गर्ने एमाले बाहेक कुनै पाटी छैन ।”

महासचिव पोखरेलले देशको आर्थिक संकट हटाएर सम्बृद्धी ल्याउने पार्टी एमाले मात्रै भएका कारण २०८४ मा एकल सरकार बनाउने गरी लाग्न कार्यक्रताहरुलाई निर्देशन दिए । एमालेले सरकार चलाएका बेला र अहिलेको देशको स्थिती बारे जनताले राम्रोसंग बुझ्न जरुरी रहेको उनको भनाई थियो । एमाले जनताका मुद्धा उठाएर सदन र सडकमा जाने बताउँदै पोखरेलले २०८४ मा एकल सरकार चलाउने दावी गरे ।

clock बुधबार ३१, साउन २०८० १६:२९

प्रतिक्रिया