अखिल नेपाल महिला संघ कैलालीको अध्यक्षमा केसी विजयी

  सोमबार २९, साउन २०८० २१:२९

धनगढी । अखिल नेपाल महिला संघ कैलालीको अध्यक्षमा लक्ष्मी केसि विजयी भएकी छिन् । उनले आफ्ना प्रतिद्धन्दि ममता रावललाई २८ मतले हराउँदै विजयी भएकी हुन । 

अध्यक्षमा विजयी केसीले ७७ मत ल्याएर विजयी भएकी हुने भने उनका प्रतिद्धन्दि रावलले ४९ मतमा चित्त बुझाएकी हुन । संघको बाकी पदाधिकारीमा भने सहमति भएको निर्वाचन मण्डलले जनाएको छ ।

उपाध्यक्षमा सरिता रावल थापा, नामसरा देवी नेपाली, सचिवमा निर्मला सञ्जाल, सह सचिवमा विना देवी चौधरी, कोषाध्यक्षमा तनु भण्डारी लिम्बु सर्वसम्मत भइसकेका थिए । केसीको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

clock सोमबार २९, साउन २०८० २१:२९

प्रतिक्रिया