किसान महासंघको सुदूरपश्चिम अध्यक्षमा मदनराज रेग्मी चयन

  आइतबार २८, साउन २०८० १५:००

धनगढी। नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन्। हिजो (शनिबार) धनगढीमा सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा रेग्मी चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा विजय साउद र हेमा शाही, सचिवमा राकेश सिंह, उप–सचिवमा तारा केशरी र विष्णु पाण्डे तथा  कोषाध्यक्षमा गोपाल पाठक चयन भएका छन्। रेग्मीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी चयन गरिएको हो।

यसअघि उद्घाटन सत्रमा नेकपा एमालेका मोर्चा फाँट प्रमुुख तथा स्थायी कमिटी सदस्य भानुुभक्त ढकालले आउदो चुनावमा एमालेसँग एक्लाएक्लै लडन सत्तामा रहेका पार्टीहरुलाई चुनौती दिएका थिए।

‘नेपाली काँग्रेस, माओवादी र अरु दलहरुलाई आउदो चुनावमा एक्ला एक्लै एमालेसँग लडन चुनौती दिन्छु,’ उनले भने, ‘यदी दलहरु एक्लाएक्लै चुनावमा गए एमालेले ‘वाकओभर’ पाए सरह हो।’

उनले २०७९ को चुनावमा एमाले सक्छु भनेर लागेकाहरु अहिले विरालोले गास हेरेझैं गरिरहेको आरोप लगाए। ‘माधव कुमार नेपाल जी विरालोले गास हेरे झैं काँग्रेसको मुख हेरिरहेका छन, विरालो हुन्छ नी हातमा भातको गास देखाएर हाल तल ग¥यो तल हेर्छ, हात माथि ग¥यो माथि हेर्छ, माधव नेपालको अवस्था अहिले त्यस्तै भएको छ,’ ढकालले भने।

अखिल नेपाल किसान संघका सुदूरपश्चिम प्रदेश संयोजक भीम जनालाको अध्यक्षतामा भएको उद्घघाटन कार्यक्रममा पार्टीका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक लगायतका नेताहरुको सहभागीता रहेको थियो। 

clock आइतबार २८, साउन २०८० १५:००

प्रतिक्रिया