गृहमन्त्रीलाई ओलीको प्रश्न- चुरोटको बट्टामा सुन भेटिँदा जवाफदेही बन्नु पर्दैन ?

  आइतबार २८, साउन २०८० १४:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यसमा गृहमन्त्री जवाफदेही हुने की नहुने भन्दै प्रश्न गरेका छन् । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको पनि बताए । 

‘गृहमन्त्रीले त खासमा रोस्टममा उभिन जानु आफैं राजीनामा गर्नुबाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ सुन भनेर राखेको ठाउँबाट चोरी हुन्छ गृहमन्त्री जवाफदेही होइन त्यो ?,’ ओलीले प्रश्न गरे, ‘गृहमन्त्री ज्यू, क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ यस्तो कति छ ? त्यस्तालाई कसको सिफारिसमा कसले दियो नागरिकता ? त्यतिबेलाको प्रतिवेदनकहाँ गायब गरिएको छ ? यो त तार काट्ने क्यामेराको मुन्टो अर्कोतिर फर्काउने घाँटी कर्माउने कस्तो सरकार हो यो ? कुरा ठूलो गर्ने अनि देशको। माया छैन दुईरचारजना स्वार्थीतत्वको कुरा सुनेर पछाडि लाग्ने ?’

उनले सरकारले सुन तस्करी प्रकरणको छानबिन उच्च स्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारीको निर्देशित हुन नहुने पनि प्रष्ट पारे । ओलीले वहालवाला सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई समेत जानकारी नदिएको भन्दै सरकारको आलोचना पनि गरे । 

उनले उजुरीको भरमा गिरफ्तार गर्ने हो भने कोही पनि बाँकी नरहने बताए । ओलीले सरकार आफ्नो आलोचना गर्नेहरूलाई तर्साउन उद्दत रहेको आरोप पनि लगाए । 

‘एउटा जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखलाई जानकारी दिनु र इजाजत लिनु पर्दैन ? कारण खुलाउनु पर्दैन रु कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफ्तार गर्ने हो भने कोही पनि बाँकी रहँदैनन् ? यो सबै बोल्न नदिने मुख बन्द गराउने तर्साउने सांसदलाई त यस्तो गर्न सक्छन् भने सरकारले के गर्न सक्दैन भनेर तर्साउने,’ ओलीले भने । 

clock आइतबार २८, साउन २०८० १४:५४

प्रतिक्रिया