बनका कर्मचारीहरुले भुँडी लगाएर बसेपछि बन अतिक्रमण रोकीदैन : मन्त्री धामी

  बिहिबार २५, साउन २०८० १६:५२

धनगढी । सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले कर्मचारीहरुलाई आफ्नो भुँडी घटाउन निर्देशन दिएका छन् । नेपाल फारवेस्ट टेक्निसियनस् एशोसिएसनको सुदूरपश्चिम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री धामीले अब भुँडी लगाएर बस्ने दिन नरहने बताएका हुन् ।

मन्त्री अनी सचिवले भुँडी घटाइसके माथहतका कर्मचारीलेपनि भुँडी घाउनै प¥यो त मन्त्री धामीले भने “हामीले बनका क्षेत्रमा काम गर्नुपर्ने छ, अधिकाशं बनकै काममा खटिनुपर्छ भने दगुर्नसक्ने, कतै आपतबिपतमा आफु जोगिन सक्नेत हुनुप¥यो, नत्र यत्तिको भुँडी लगाएर बसिराख्यो भने न दगुर्न सकिन्छ न काम देखाउन सकिन्छ, आफ्नो स्वास्थ्य तन्दुरस्त राख्नुपर्छ अनी जनतालाइपनि दुरुस्त सेवा दिने र राज्यको फाइदा हुने काम गर्नुपर्छ ।”

पहिला जे जे भयो सबै छोडिदिनुहोला अब गल्ती हुँदैनन् त्यही दिशामा हिन्नुहोला मन्त्री धामीले भने “अब गल्ती हुँदैनन् केही न केही गर्ने अठोट मेरो छ मेरै स्पिडमा तपाइहरुपनि हिनिदिनुहोला अनी हाम्रो प्रदेशको बिकास हुने छ, यो मन्त्री केही दिनका लागी हो के गर्ने हो र भनेर मेरो कुरालाई एक कानबाट सुनेर अर्कोबाट नउडाउनु होला गल्ती गर्नेलाई म छोड्दैन, तपाइहरुले मेरो स्पिडमा काम गरिदिनुभएन, मलाई टेर्नुभएन भने म तपाइका कार्यालय सहयोगी अनी तपाइका भान्से समात्छु तपाइहरुका हरेक गतिबिधी उहाँहरुलाई थाहा हुन्छ नी ।”

तपाइहरुले मन्त्रीलाई टेर्नुहुन्न भने तपाइहरुलाई नटेर्ने भान्से र कार्यालय सहयोगी बनाउँछु म पनि उनले भने “त्यस कारण यो केही दिनका लागी आएको मन्त्री हो के टेर्नु नसोचिदिनुहोला म मेरा लागी भनिराखेको होइन हामी यहाँ भएको केही देखाउनका लागी भनिरहेको हुँ, तपाइहरुको सहयोग चाहिन्छ ।”

अनी सरुवा बढुवाका लागी अन्तैबाट पावर ल्याउने काम नगर्नुहोला कसको कहाँ आवश्यक्ता छ, कसको समस्या छ, कसको काम राम्रो छ मन्त्रालयले मुल्याकंन गरेर सरुवा, बढुवा गर्ने छ उनले भने “केही समस्या छन्, भने म सित सल्लाह अथवा छलफल गर्न आउनु होला म तयार छु, तर मलाई दवाव दिन अन्य नेताकहाँ गयो भने त्यसपछि राम्रो हुन्न, मलाई प्रधानमन्त्रीबाट दवाव दिन लगाएपनि म काम गर्दैन ।”

कर्मचारीहरुका केही समस्याहरु आएका छन् ति समस्या म सम्बोधन गराउने छु मन्त्री धामीले भने, काठका कुरा, पोसाकका कुरा लगायत धेरै समस्याका कुरा आएका छन् ,उनले भने “सबै समस्या सम्बोधन गर्न म तयार छु, मात्र मेरो स्पिडमा काम गरिदिनुहोस सुदूरपश्चिमको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयलाई चिनाउने गरी काम गरौँ मेरो मात्रै नाम आउने होइन तपाई हामी सबैको नाम आउने छ, सहयोग गरौँ ।”

clock बिहिबार २५, साउन २०८० १६:५२

प्रतिक्रिया