कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

  बिहिबार २५, साउन २०८० १६:४१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो।

मोरङ(३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन।

clock बिहिबार २५, साउन २०८० १६:४१

प्रतिक्रिया