चेक बाउन्सको आरोपमा गोदावरीबाट एक एमाले नेता पक्राउ

  बिहिबार २५, साउन २०८० ०६:२९

धनगढी । कैलालीमा चेक बाउन्सको आरोपमा नेकपा एमालेका एक नेता पक्राउ परेका छन्। जिल्लाको गोदावरी–१२ का एमालेका नेता नन्द बहादुर कामि पक्राउ परेका छन्। 

उनी माथि  प्रहरीले अनुसन्धान शुरु गरेको छ। चेक बाउन्सको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जमिन खरिद गरेर ६० लाख को चेक उनले चुरे –३ का बिमलकुमार साउँदलाई दिएका थिए। 

तर बिकको नाममा रहेको खातामा पैसा नभएपछि साउँदले प्रहरीमा जेठ १८ गते उजुरी दिएका थिए। उनलाई प्रहरीले श्रावण २१ गते पक्राउ गरेको थियो। 
 

clock बिहिबार २५, साउन २०८० ०६:२९

प्रतिक्रिया