प्रदेश सरकार रमिते वनेर घुम्दा अनेरास्ववियु र राष्ट्रिय युवा संघले गर्याे पहिरो पीडितलाई सहयोग

  बुधबार २४, साउन २०८० २३:०३

धनगढी ।  नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पहिरो पीडितलाई सहयोग गरेका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्रि जम्वाे टाेलि बाेकेर रमिते बन्दै घुमिरहदा अनेरास्ववियु र राष्ट्रिय युवा संघले राहत वितरण गरेकाे हाे । 

 आज (बुधबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर कमिटीले संयुक्त रुपमा सहयोग गरेका हुन् ।

अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बुढीतोलाका ६ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए ।

उनका अनुसार पहिराले प्रभावित भएका परिवारलाई खाद्यान्न अभाव भएको जानकारी पाएपछि अनेरास्ववियुले सहयोग प्रदान गरेको हो ।

धनगढीबाट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज किशोर शाह, अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटी, राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर कमिटी अध्यक्ष अभिषेक लोक नाथ, नगर सह-सचिव आयुश ओली, सदस्य हिमान्शु शाह, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्का, अनेरास्ववियु एसपीए क्याम्पसका संयोजक ज्ञानु जेठारा लगायत गएर सहयोग हस्तान्तरण गरेका थिए ।

बुढिताेलाका स्थानीयले सहयोग पाएपछि राहत महसुस भएको बताएका छन्। उनिहरुले मुख्यमन्त्री लगाएको टाेलि आएर पहिराे हेरेर गएपनि अहिले सम्म कुनै राहत नदिएकाे गुनासाे गरेकन छन् । साेमबार राति गएको पहिरोले बस्तीमा क्षति गरेको थियो।

clock बुधबार २४, साउन २०८० २३:०३

प्रतिक्रिया