सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र स्वीजरल्याण्डका राजदूत मथियास बिच भेटवार्ता

  बुधबार २४, साउन २०८० १६:१९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि स्वीजरल्याण्डका राजदूत मीयर मथियास  सँग शिष्टाचार भेटवार्ता भएको छ । 

भेटवार्तामा मुख्यमन्त्री शाह सुदूरपश्चिमको सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य, गरिबी न्युनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्वीस सरकारको महत्वपूर्ण योगदान रहेको र यस क्षेत्रमा विकासका लागि सहकार्य गर्न जोड दिएका छन ।

स्वीजरल्याण्ड सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीजरल्याण्ड सरकार सहयोग गर्न प्रदेश सरकार संग सहकार्य गर्ने ईच्छा जाहेर गरे ।

clock बुधबार २४, साउन २०८० १६:१९

प्रतिक्रिया