कैलालीका काँग्रेस नेता कार्कीलाई अनुशासनको कारबाही

  मङ्गलबार २३, साउन २०८० १६:१४

धनगढी । नेपाली काँग्रेसका नेता सुरत बहादुर कार्की कारबाहीमा परेका छन् । उनलाई पार्टीको जिल्ला कार्यसमितिले महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको हो ।

पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको छ ।

उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ । उनलाई पार्टीले कारबाही गरेपछि सामाजिक सञ्जालमा नेता कार्यकर्ताहरूले नेतृत्वको विरोध गरेका छन् । 

May be an image of text

clock मङ्गलबार २३, साउन २०८० १६:१४

प्रतिक्रिया