कैलालीका ४ पालिका बाढीले प्रभावित, करिब ५ सय घर डुबानमा

  मङ्गलबार २३, साउन २०८० ११:२३     विश्वास खबर

धनगढी । अविरल वर्षासँगै कैलालीका नदी नालामा आएको बाढीले करीब ५ सय घर डुबानमा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने तथा बाढीमा फसेकाहरुको उद्धारको काम भइरहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका स्थानीय प्रभावित भएका हुन् ।

प्रशासनको पछिल्लो तथ्यांक अनुसार कैलारी गाउँपालिका ७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानमा परेका छन् । त्यस्तै, जोशीपुर ३ का ५६ घर, भजनी(२ का १५, वडा नम्बर ३ का ५, ८ को १, ५ का ६५ र ७ का १५० घरधुरी प्रभावित भएका छन् ।

प्रभावितहरुको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय तथा प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

clock मङ्गलबार २३, साउन २०८० ११:२३     विश्वास खबर

प्रतिक्रिया