माओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन गर्दै प्रचण्ड

  आइतबार २१, साउन २०८० १२:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारीको कार्यविभाजनको विषयमा छलफल भइरहेको सचिव डिलाराम आचार्यले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। 

उनले भने,‘नयाँ शिराबाट पार्टी संगठन निर्माणका लागि पदाधिकारीहरुको कार्यविभाजन गर्ने र केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लास्तरमा जिम्मेवारी तोकेर पठाउने विषयमा छलफल जारी छ।’

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र पदाधिकारीमाथि बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि जवाफ दिन पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारी बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि छलफल भइरहेको आचार्यले बताए। 

clock आइतबार २१, साउन २०८० १२:५०

प्रतिक्रिया