धनगढीको बोराडाँडीबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ

  शुक्रबार १९, साउन २०८० १५:४५

धनगढी । कैलालीको धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी रहेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

clock शुक्रबार १९, साउन २०८० १५:४५

प्रतिक्रिया