रास्वपा बझाङका संयोजकको निलम्बन फुकुवा

  शुक्रबार १९, साउन २०८० ०७:५०

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ।

पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो। 

पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै खड्काले अपहरण गरेको र होटल होलि डे इनमा लगेर कुटपिट गरेको आरोप लागेको थियो। खड्का उक्त होटलका सञ्चालक हुन्।

clock शुक्रबार १९, साउन २०८० ०७:५०

प्रतिक्रिया