धनगढीका ठेकेदारको अत्तरिया बसपार्कबाट ११ लाख रूपैयाँ सहितको झोला चोरी !

  शुक्रबार १९, साउन २०८० ०७:०२

धनगढी । कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाख पैँसाको हराएको छ । बिहीबार बिहान अत्तरियाबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका(३ का बिरा भारतीको झोला हराएको हो ।

भारतीले तत्कालै प्रहरीलाई खबर गरेपनि हराएको झोला भेटिएको छैन् । इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएको भनिएको झोला फेला नपरेको बताए ।

भट्टकाअनुसार सीसीटीभी फुटेजको विश्लेषणबाट समेत कुनै कुरा पत्ता लागेको छैन । यसबारे अनुसन्धान जारि छ । भारती मजदुरहरूको ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए । उनले बुधबार मात्र धनगढीको सिटिजन बैँकबाट ९ लाख ९९ हजार रूपैयाँ झिकेका थिए भने एक लाख ५५ हजार खल्तीमै थियो ।

clock शुक्रबार १९, साउन २०८० ०७:०२

प्रतिक्रिया