डडेल्धुरामा बस र जिप एक आपसमा ठोक्किए

  बिहिबार १८, साउन २०८० १५:१२

धनगढी । डडेल्धुरामा बस र जिप एक आपसमा ठोक्किएका छन। जिल्लाको पोखरा बजार नजिकै बस र जिप आपसमा ठोकिएका हुन्।

प्रहरीका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा आइरहेको म १ ज ११४ नम्बरको जिप डडेल्धुराको पोखरा बजार नजिकै एक आपसमा ठोक्किएर बिहिवार दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षति भएको छैन। बसको अगाडिको भाग कुल्चिएको छ। 

clock बिहिबार १८, साउन २०८० १५:१२

प्रतिक्रिया