एसईई खारेज गर्ने सरकारको तयारी

  बिहिबार १८, साउन २०८० १२:५८

काठमाडौं। सरकार माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने तयारीमा लागेको छ। मंगलबारको मन्त्रीपरिषद् बैठकले संघीय संसदमा पठाउन स्वीकृत गरेको विधेयकमा एसईई परीक्षा खारेज गर्ने प्स्ताव गरेको छ । विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। 

संसदमा पठाउन लागिएको विधेयकको मस्यौदामा आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको अधिकार स्थानीय तहलाई र माध्यमिक तहको अन्तिम परीक्षा (कक्षा १२) को सञ्चालनको अधिकार राष्ट्रिय परीक्षा बोर्डमा नै निहित हुने गरी एसइई खारेज गर्ने प्रस्ताव गरिएको बताइएको छ ।

कक्षा १० को परीक्षा भने सम्बन्धित विद्यालयले नै लिने गरी प्रस्ताव गरिएको छ। नेपालमा १९९० सालदेखि एसएलसी परीक्षा सुरु भएको हो र २०७३ सालबाट यसको नामकरण एसइई भएको हो।

clock बिहिबार १८, साउन २०८० १२:५८

प्रतिक्रिया