रविले चितवनमा सुरु गरे महिलाहरुका लागि नि:शुल्क ‘ब्लु बस’

  बुधबार १७, साउन २०८० १५:५४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ स्थित महिलाहरुका लागि  नि:शुल्क  ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन्।गत वैशाख १० गतेको उपनिर्वाचनबाट विजयी भएको १०० दिन पुगको अवसरमा उनले  नि:शुल्क  ‘ब्लु बस’ सञ्चालनमा ल्याएका हुन् । 

May be an image of 10 people and text

उनले भरतपुर महानगरपालिकाको बाइपास स्थित पार्टीको सचिवालयबाट बस चढेर उक्त सेवाको सुरुवात गरेका हुन्। ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

‘ब्लु बस’भित्र महिलाका लागि आवश्यक स्यानिटरी प्याडसहितका सामाग्री राखिएको लामिछानेले बताए । बसमा गुनासो सुन्न मिल्ने गरी ‘रविलाई पत्र’नामको बक्ससमेत राखिएको उनले बताए। यो बस विभिन्न माध्यमबाट आर्थिक स्रोत जुटाएर सञ्चालन गरिएको लामिछानेले बताए। 

May be an image of 2 people, van, jeep, service vehicle and text

यो बस सेवा प्रभावकारी बनेमा थप विस्तार गर्दै जाने उनले बताए।  त्यसक्रममा रविले  विभिन्न कार्यक्रम पनि घोषणा गरेका छन्। भरतपुरमा सचिवालय स्थापना गर्दै उनले विभिन्न ११ कार्यक्रम घोषणा गरेका हुन्। 

clock बुधबार १७, साउन २०८० १५:५४

प्रतिक्रिया