सुदूरपश्चिममा कांग्रेसले कसलाई बनाउँदैछ मन्त्री ?

  मङ्गलबार १६, साउन २०८० १२:३२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने भएका छन् ।

आज बालुवाटारमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।

यो सँगै भोलि कांग्रेसकाले संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले बताए । बझाङमा सडक दुर्घटनामा परि पृथ्वीबहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली थियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए ।

कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपनि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी छ ।

clock मङ्गलबार १६, साउन २०८० १२:३२

प्रतिक्रिया