कञ्चनपुरमा गाईको छालासहित दुई जना पक्राउ

  मङ्गलबार १६, साउन २०८० ०९:१५

कञ्चनपुर । कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छालासहित सोमवार प्रहरीले पक्राउ गरेको हो।

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु.प.प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० (प्रति बोरा १०) पिस गाई–गोरुको छालासहित दुबै जना पक्राउ परेका हुन्। उनीहरु विरुद्ध जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

clock मङ्गलबार १६, साउन २०८० ०९:१५

प्रतिक्रिया