बेहोस् भेटिएका धनगढीका युवकको मृत्यु, उनीसँगै होटलमा बसेकी युवती पक्राउ

  आइतबार १४, साउन २०८० १३:५१

धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा होटलमा बेहोस् अवस्थामा भेटिएका धनगढीका एक युुवकको मृत्यु भएको छ ।

शुक्रबार महेन्द्रनगरको बसपार्कस्थित ट्राफिक चोक नजिकैको डिलाइट होटलमा बेहोस् भेटिएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी (भगवती टोल) बस्ने ३७ वर्षीय विष्णु पनेरुको शनिबार मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनको मृत्यु भएपछि पनेरु बेहोस् भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।

सापकोटालाई शनिबार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको उनले बताए । उनकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

clock आइतबार १४, साउन २०८० १३:५१

प्रतिक्रिया