रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : रवि लामिछाने

  शनिबार १३, साउन २०८० ११:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बनिहाल्नु नभएको बताएका छन् । उनले सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताए । 
 
‘रास्वपामा आबद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाईँ उम्मेदवार हुनुभएको होइन, उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ’, लामिछानेले भने, ‘साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, 

उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे । उनले भने, ‘किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो ।’ 

clock शनिबार १३, साउन २०८० ११:२५

प्रतिक्रिया