बक्यौता रकम भुक्तानीकाे माग गर्दै निर्माण व्यवसायीले बुझाए विभिन्न निकायलाई ज्ञापनपत्र

  शुक्रबार १२, साउन २०८० १८:४३

धनगढी । निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भएका विभिन्न आयोजनाको बक्यौता रकम भुक्तानीकाे माग गर्दै विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका छन । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार प्रदेशका मन्त्रालय र विभिन्न  निकायलाइ ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश, प्रदेश,नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र संघिय शहरी कार्यान्वयन आयोजना कार्यालयहरुमा अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका हुन ।

निर्माण व्यवसायी महासघंका केन्द्रीय सदस्य दिनेश सिंह,  सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँर र कैलालीका अध्यक्ष टेकबहादुर मल्लले सयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन प्रदेश महासचिव श्री खेमराज जोशी, उप-महासचिव ( नितिगत) आङ दावा शेर्पा र कोषाध्यक्ष निर्मल देउवाकाे पनि सहभागिता रहेकाे थियाे ।

निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न  सो ज्ञापनपत्रमा उल्लेख छ । चुनाव र सरकार परिवर्तन लगायतका कारण गतवर्ष निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको अध्यक्ष स्वाँरले बताए । 

निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारेमा बारम्बार सरकारलाई जानकारी गराउँदा सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ ।

सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी भैसकेको छैन् । यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको निर्माण कार्यको काम गर्ने अवधी सकिएकाले थप समयको माग गरिएको छ । सरकारले थप समय नदिदा निर्माण कार्यमा ढिलासुस्ती भैरहेको छ ।

 

clock शुक्रबार १२, साउन २०८० १८:४३

प्रतिक्रिया