एमालेको प्रदेश स्तरीय प्रशिक्षणको तयारी पूरा, स्कुल विभाग प्रमुख ज्ञवालीले उद्घाटन गर्ने

  शुक्रबार १२, साउन २०८० ११:०५

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी र स्कुल विभागको आयोजनामा आइतबार देखि धनगढीमा प्रदेश स्तरीय प्रशिक्षकरप्रशिक्षण कार्यक्रम हुने भएको छ।

१४ गते आइतबारदेखि मंगलबारसम्म (तीन दिन) धनगढीस्थित आस्था होटलमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको तयारी झण्डै पूरा भइसकेको एमालेका पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका स्कुल विभाग संयोजक राजेन्द्रसिंह रावलले बताए।

नेकपा ९एमाले० का केन्द्रीय सचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ‘जिल्ला कमिटीका अध्यक्ष, स्कुल विभागका प्रमुख र एक जना महिलासहित ९ वटै जिल्लाबाट ४–४ जना प्रशिक्षणमा सहभागी हुनेछन,’ संयोजक रावलले भने।

एमालेका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने उक्त कार्यक्रम बिभिन्न सेसनमा बाडिएको छ। कार्यकर्ताको विचारमा निखारता ल्याउन, समसामयीक राजनीतिक अवस्थाको बारेमा एकरुपता ल्याउन र नयाँ प्रशिक्षक उत्पादन गर्नका लागि तीन दिने कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।
 

clock शुक्रबार १२, साउन २०८० ११:०५

प्रतिक्रिया