सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो ।
संसदीय दलको बैठकबाट एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने निर्णय गर्ने र सोही अनुसार बुधबार संसदमा प्रस्तुत हुन निर्देशन दिन बैठक बोलाएको हो ।
एमालेले बुधबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नसक्ने बुझिएको छ । कम्बोडिया भ्रमणबाट फर्कने क्रममा एमाले अध्यक्ष ओलीले विमानस्थलबाट बाहिरिईसकेको सुन बरामद गरेको विषयमा गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाउनु भएको थियो ।
उहाँले सय किलो सुन बरामद प्रकरणमा काँक्रो आफूले खाउर बियाँ अरुको गालामा टाँस्ने खेल भईरहेको भन्दै गृहमन्त्री श्रेष्ठले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुपर्ने बताउनुभएको थियो ।
सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ पनि संलग्न रहेको दाबी गर्दै एमालेका भ्रातृ संगठनहरुले मसाल जुलुस समेत प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया