सुदूरपश्चिममा भागबन्डा मिलेन, नागरिक उन्मुक्ति सरकारमा नजाने

  मङ्गलबार ०९, साउन २०८० १८:०३

धनगढी । सुदूरपश्चिम प्रदेशमा पदको भागबन्डा अझै मिलेको छैन। नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा मन्त्री, राजमन्त्री तथा विषयगत समितिको भागबन्डा नमिलेको हो। 

सुदूरपश्चिम प्रदेश सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीले भागबन्डा नमिलेको भन्दै सरकारमा नजाने बताएको छ। नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष तथा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरु सरकारमा सहभागि नहुने बताएकी छिन्। 

संघीय भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रहेकी श्रेष्ठले पठाएको पत्रमा भनिएको छ –‘पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागवन्डा नमिलेकाले सहभागि नहुने जानकारी गराइन्छ।’

नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्रीलाई मंगलवार प्रदेश सरकारमा पठाउने चर्चा थियो। तर अध्यक्ष चौधरीले भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई पठाएकी हुन्।

नागरिक उन्मुक्तिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण चौधरीको नाम सिफारिस गरेको थियो। मन्त्री सिफारिसपछि उन्मुक्ति भित्र असन्तुष्ट प्रदेश सभा सदस्यहरुले नियूक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसँग अनुरोध गरेका हो।

clock मङ्गलबार ०९, साउन २०८० १८:०३

प्रतिक्रिया