धनराज गुरुङको उद्घोष- १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउँछौँ

  मङ्गलबार ०९, साउन २०८० १५:३६

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५‍औं महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् । बीपी स्मृति सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अबको महाधिवेशनमा हामी डा. शेखर कोइरालालाई उम्मेदवारमात्रै होइन, सभापति नै बनाउँछौँ,” उनले उद्घोष गरे ।त्यसअघि उनले भने, “हामीले पार्टी रूपान्तरणको अभियान लिएर १४औं महाधिवेशनमा उठेका थियौं । त्यो रूपान्तरणको अभियान सकिएको छैन । विश्राम लिएका छैनौं ।

अहिले नै रूपान्तरणको नाम पार्टी सभापति बदल्ने कि नबदल्ने भन्ने प्रश्न पनि उठ्छ । तर, पनि मैले भन्दै आएको छु १४औं महाधिवेशनपछि नपुग्ने र नहुने कुरा गर्न चाहन्नँ । मैले अहिले नै खरो ढंगबाट पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ, सक्दिनँ । भन्दिनँ पनि । अब पार्टी रूपान्तरणको लागि १५औं महाधिवेशनलाई लक्ष्य बनाएका छौँ ।”

clock मङ्गलबार ०९, साउन २०८० १५:३६

प्रतिक्रिया