प्रेस युनियन डोटीको अध्यक्षमा कुँवर

  सोमबार ०८, साउन २०८० १०:५९

डोटी । नेपाल प्रेस युनियन डोटीको अध्यक्षमा चक्र कुँवर चयन भएका छन्। आइतबार सम्पन्न ५ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत चयन भएका छन्।

यस्तै, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन्। अधिवेशन शनिवारदेखि सुरु भएको थियो ।

clock सोमबार ०८, साउन २०८० १०:५९

प्रतिक्रिया