नेपाल तरुण दल कैलालीद्धारा सेती प्रादेशिक अस्पतालमा फलफुल वितरण

  शनिबार ०६, साउन २०८० १०:३७

धनगढी । नेपाल तरुण कैलालीले सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल गरेको छ । 

४१र्औ विपि जयन्तीको अवसर पारेर सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको जिल्ला अध्यक्ष  दिपेन्द्र बहादुर बमले जनाए ।

विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए । विगतका बर्षमा वृक्षरोपण, रक्तदान कार्यक्रम गरिरहेको पनि उनले जनाए ।

फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता  रहेको थियो ।

clock शनिबार ०६, साउन २०८० १०:३७

प्रतिक्रिया