अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

  शुक्रबार ०५, साउन २०८० १३:५१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताउनुभएको छ ।

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागन  कार्यालयको अनुगमन गर्न पुग्नुभएका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

अनुमगनपछि सञ्चारकर्मीसँग उहाँले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिनुभयो ।

भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा  कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उहाँले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताउनुभयो ।

clock शुक्रबार ०५, साउन २०८० १३:५१

प्रतिक्रिया