वन अनुगमनमा निस्किए सुदूरपश्चिमका वन मन्त्री धामी

  बिहिबार ०४, साउन २०८० १८:४९

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी वन अनुगमनमा निस्किएका छन् । वन फडानी हुने गरेको गुनासो तथा समाचार प्रकाशनपछि वन मन्त्री धामी बिहीबार स्थलगत अनुगमनमा निस्किएका हुन् ।

May be an image of 4 people and tree

उनी कैलालीको चुरे क्षेत्रसँग जोडिएको गोदावरी नगरपालिका–१२ स्थित रातोपानी सामुदायिक वन पुगेका हुन् । अनुगमनमा मन्त्रालयका सचिव वेदकुमार ढकाललगायतको पनि सहभागिता रहेको थियो । सामुदायिक वनमा वन फडानी व्यापक भएको बताउँदै आवश्यक कारबाही अगाडि बढाउने मन्त्री धामीले बताए ।

May be an image of 2 people and tree

केही दिनअघि वनकै पदाधिकारीकै संलग्नतामामा वन फडानी भएको समाचार प्रकाशन भएको थियो । सो वनका झण्डै एक सय जति सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चारिन गरेर तस्करी हुने गरेको बताइएको छ ।

clock बिहिबार ०४, साउन २०८० १८:४९

प्रतिक्रिया