कैलाली मोडेललाई ‘इन्नोभेटिव प्लस टु कलेज’ अवार्ड

  बिहिबार ०४, साउन २०८० १७:४६

धनगढी । धनगढीको कैलाली मोडेल सेकेण्डरी स्कुल सिंगापुरमा बेष्ट स्कुल अवार्ड २०२३ बाट सम्मानित भएको छ । एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा कैलाली मोडेल सेकेण्डरी स्कुललाई बेष्ट स्कुल प्रदान गरिएको हो ।

उक्त कार्यक्रमबाट ‘इन्नोभेटिव प्लस टु कलेज’ अवार्डबाट कैलाली मोडेल सेकेण्डरी स्कुलका प्रिन्सिपल तपेन्द्र सिंह सम्मानित भए। कार्यक्रममा कैलाली मोडेल माविका प्रधानअध्यापक तपेन्द्र सिंह, मालिका ईंग्लिश स्कुल धनगढीका प्रिन्सिपल सिबी चन्द र एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्त सहित धनगढीका तीन जना विद्यालय सञ्चालक तथा प्रिन्सिपल सम्मानित भएका थिए।

कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न  स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरेको हो। 

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले ५०० भन्दा बढी स्कुलहरुमध्येबाट शिक्षा क्षेत्रमा विकासमा उत्कृष्ट योगदान पुर्याएका ३३ वटा स्कुल तथा स्कुल सन्चालकहरुलाई छनोट गरी सम्मान  गरिएको बताए।

clock बिहिबार ०४, साउन २०८० १७:४६

प्रतिक्रिया