सुदूरपश्चिमका पुराना माननीयले रोजेको लोगो नयाँलाई मन परेन

  बिहिबार ०४, साउन २०८० १०:५८

धनगढी । सुदूरपश्चिममा प्रदेश सरकारले सांसदहरुले लगाउने प्रदेशको लोगो यसअघि नै बनाउन लगाएको थियो। पूर्व मुख्यमन्त्री त्रीलोचन भट्ट नेतृत्वको सरकार हुँदाबखत २०७४ चैत २६ गते प्रदेशसभाको बैठकले प्रदेशको लोगो निर्धारण गरेको थियो।

त्यो बेला डोटीको शिखर नगरपालिका-९ का टेकबहादुर किमाडीले दिएको नमुना लोगोलाई लोगो निर्धारण समितिले संसदमा सिफारिस गरेको थियो। उक्त लोगोलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो।

तर, हाल आएर फेरि प्रदेश सभाले लोगो परिमार्जन गर्ने तयारी गरेको छ। लोगो संशोधन समितिले एक सूचना जारी गर्दै प्रदेशको पहिचान झल्किने लोगो बनाएर यहि साउन १८ गतेभित्र पठाउन अनुरोध गरेको छ। साथै छनौट हुने लोगोका डिजाइनकर्तालाई सम्मान गरिने समेत बताइएको छ।

clock बिहिबार ०४, साउन २०८० १०:५८

प्रतिक्रिया