कैलालीको गोदावरीमा व्यापक वन फडानी

  बुधबार २७, असार २०८० ११:५८

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातोपानी सामुदायिक वनभित्र फडानी भएको छ। करिब ५० जति सालका रुख काटेर अन्दाजी पाँच हजार क्यफिट काठ वनभित्रै चिरान गरेर तस्करी भएको हो।

तस्करी गर्दै गरेको अवस्थामा दुइ जनालाई स्थानीयले पक्राउ गरेका छन्। सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन फडानी भइरहेको स्थानीले बताएका छन्।

ठुलो परिमाणमा काठ तस्करी भए पनि १५० क्यूफिट काठ मात्रै बरामद भएको देखाएर मुख्य तस्करलाई वनका अध्यक्ष र कर्मचारीको मिलेमतोमा बचाउने काम भएको स्थानीयले आरोप लगाएका छन्।

सामुदायिक वनका अध्यक्षको मिलेमतोमा तस्करी मौलाएको भन्दै स्थानीयले अध्यक्षको राजीनामा माग गरेका छन्।

यस विषयमा जिल्ला वन कार्यालय कैलालीका प्रमुख केशव पराजुलीले अनुसन्धान भइरहेको बताए। ‘२ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। जुन स्थानीयको आरोप छ, त्यसमा वनका अध्यक्ष हुन् कि जो हुन दोषीलाई कारबाही हुन्छ’ उनले भने।

स्रोतका अनुसार अध्यक्षका भाई कर्ण बिक र टेकराज ओझा पक्राउ परेका हुन्।

clock बुधबार २७, असार २०८० ११:५८

प्रतिक्रिया