मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

  मङ्गलबार २६, असार २०८० १६:४२

सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् ।

मृत्यु भएका ६जनाकै शव भेटिएको प्रहरीले जनाएको छ । मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताउनुभयो । स्थानीयबाट हेलिकप्टर दुर्घटनाको खबर आउना साथ सोलुदुधकुण्ड नपा २ वेनी स्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो ।

मंगलबार विहान १० बजेर १० मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको नाईन एनए एमभि कलसाईन हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो । 

मृतकको शव काठमाडौं लैजानको लागि हेलिकप्टर पठाईए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घटना स्थल पुग्न सकेको छैन । अल्टिच्युट एयरको २ वटा हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसम खुल्ना साथ घटना स्थल पुग्ने प्रजिअ भट्टराईको भनाई छ ।

clock मङ्गलबार २६, असार २०८० १६:४२

प्रतिक्रिया