कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  सोमबार २५, असार २०८० १३:०६

धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडका ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरासमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

clock सोमबार २५, असार २०८० १३:०६

प्रतिक्रिया