न्युनतम पारिश्रमिक लगायतका माग सहित जिफन्टद्वारा श्रम मन्त्रालयको ध्यानाकर्षण

  आइतबार २४, असार २०८० १७:२१

धनगढी । न्युनतम पारिश्रमिक लगायतका बिभिन्न माग सहित नेपाल टे«ड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटिले श्रम तथा रोजगार कार्यालय कैलाली मार्फत श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । टे«ड युनियन महासंघले तर गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज श्रम कार्यालय मार्फत मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

टे«ड युनियन महासंघले न्युनतम ज्याला बृद्धी, जिउन पुग्ने ज्याला कायम गर्नुपर्ने, बढ्दो महगीं नियन्त्रण गर्नुपर्ने, श्रम कानुन कार्यान्वयनको माग सहित ज्ञापनपत्र बुझाएको हो । यस्तै महासंघले समान कामको सम्मान संगै ज्याला कायम गर्नुपर्ने, स्थानिय श्रम डेस्क स्थापना, सबै पालिकाहरुमा श्रमिक पञ्जिकरण अनिवार्य गरिनुपर्ने लगायतका माग राखेको छ ।

टे«ड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादूर मल्लले श्रम तथा रोजगार कार्यालय कैलालीका प्रमुख मार्फत श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयलाई बिभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका हुन् । धनगढीको डिभोटी होटेलबाट प्ले कार्ड सहित ¥याली निकालेर श्रम कार्यालयसम्म बिभिन्न क्षेत्रमा कार्यरत मजदूरहरु पुगेका थिए ।

कामको सम्मान संगै मजदूरले पेट पाल्नसम्म ज्याला पाउनुपर्ने टे«ड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष मल्लले बताए । मजदूरहरुका बिभिन्न माग सहितन अहिले माननिय श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्री ज्युलाई ज्ञापनपत्र बुझाएका छौँ मल्लले भने “अहिले सामान्य किसिमले आफ्ना माग राख्ने कार्यक्रम छ, असार मसान्तसम्म सरकारले माग सुनुवाई नगरे आगामी कडा संघर्षका कार्यक्रम तय हुने छन् ।”

मजदूरले राम्रोसित खान पाएको छैन दिन रात काम गर्नुपर्छ तर आपत पर्दा पैँसा हुँदैन उनले भने “बिरामी पर्दा उपचार खर्च पाइदैन, ८÷१० हजार पारिश्रमिकपनि नपाएका हाम्रा मजदूरहरुका समस्या प्रती यो सरकार समेत मौन छ, त्यस कारण सरकारले हाम्रा माग सुनोस भनेर ज्ञापनपत्र बुझाएका हौँ, माग सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।”

clock आइतबार २४, असार २०८० १७:२१

प्रतिक्रिया