बैतडीबाट अत्तरिया ल्याइएको गोलभेडामा विषादी भेटिएपछि नष्ट गरियो

  आइतबार २४, असार २०८० १७:०५

अत्तरिया । विक्रीका लागि बैतडीबाट अत्तरिया ल्याइएको गोलभेडामा खान नमिल्ने विषादी भेटिएपछि नष्ट गरिएको छ । आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा करिब ४ क्युन्टेल गोलभेडामा विषादी भेटिएपछि नष्ट गरिएको हो ।

कृषि उपज थोक बजार समिति अत्तरियाको पसल नम्बर २ मा धर्मराज सप्लायर्समा बिक्रिका लागि राखिएको तरकारी पसलमा गोलभेडामा विषादी भेटिएको अवशेष दु्रत विश्लेषण इकाइ प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए ।

उनले गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने भएकाले तत्काल नष्ट गरिएको बताए । उक्त विषादी युक्त गोलभेडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रहोवरमा खाल्डोमा हालिएको थियो ।

पसलका संचालक रमेश भट्टले आइतबार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेडा पसलमा राखेको बताए । उनले उक्त ट्रकमा ल्याइएको गोलभेडा अन्त कता विक्री गरियो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।

clock आइतबार २४, असार २०८० १७:०५

प्रतिक्रिया