राष्ट्रिय युवा संघ कैलालीको अधिवेशन आगामी १७ गते सुखडमा हुने

  सोमबार १३, चैत २०७९ १२:२८

धनगढी । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीको जिल्ला अधिवेशन आगामी १७ गते हुने भएको छ । राष्ट्रिय युवा संघ कैलाली आयोजक कमिटीको बैठकले १७गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

नवौँ अधिवेशन कैलालीको सुखडका आयोजना गर्ने निर्णय भएको आयोजक कमिटी संयोजक शिवराज चन्दले बताए । उनले अधिवेशनको लागि तयारी समेत थालिएको बताए । 

May be an image of 13 people and people standing

चन्दका अनुसार अधिवेशनका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ । कैलालीमा करिब १३ बर्ष पछि अधिवेशन हुन लागेको चन्दले बताए ।

 ‘हामीले संगठन बलियो बनाउने गरि अधिवेशनमा लागिरहेका छौँ’ उनले भने ‘अहिले सबै सदस्यहरू यसमा खटिनु भएको छ ।’

May be an image of 7 people, beard, people standing, people sitting and text that says 'CS Scanned with Cam canner'

clock सोमबार १३, चैत २०७९ १२:२८

प्रतिक्रिया