दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु

  आइतबार २४, असार २०८० १०:०५

धनगढी । दार्चुलामा खोलामा खसेर एक जनाको मृत्युु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका- ६ हरडीगाड खोलामा खसेर सोही ठाउँ बस्ने ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरी शनिबार साँझमालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने ६० मिटरमाथि बाटोबाट खोलामा खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

clock आइतबार २४, असार २०८० १०:०५

प्रतिक्रिया