परिवार नियोजन संघ कैलालीको अध्यक्षमा पुनः बम

  शनिबार २३, असार २०८० १५:५०

धनगढी । नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको अध्यक्षमा सुरेन्द्र बम चयन भएका छन्। शाखाको ३० औँ वार्षिक साधारण सभाबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन्। 

संघको कोषध्यक्षमा जनकराज जोशी, महिला सदस्यमा भगवती वडाल, युवा सदस्यमा स्तुति आचार्य र मोनिका वड, सदस्यमा रञ्जना जोशी, कुश्मा जोशी, वीरेन्द्र विष्ट र शुभाषचन्द्र उपाध्याय चयन भएका छन्।

उनीहरु तीन वर्षका लागि चयन भएका हुन्। संघको ३० औँ साधारण सभामा वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो।

clock शनिबार २३, असार २०८० १५:५०

प्रतिक्रिया