अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

  शनिबार २३, असार २०८० १०:१६

धनगढी । कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाण्ज्यि संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर–२ मा रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।

११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन्। संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष (उद्योग) उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (वस्तुगत), महासचिव, कोषाध्यक्ष, सचिवका लागि २र२ जनाले उम्मेदवारी दिएका छन्। 

त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। ३ जना अध्यक्षका उम्मेदवार रहेका छन् भने दुई प्यानल सहित चुनावी मैदानमा होमिएका छन्।

clock शनिबार २३, असार २०८० १०:१६

प्रतिक्रिया