नेपाल भित्रिँदै गरेको विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

  शुक्रबार २२, असार २०८० १०:४४     विश्वास खबर

धनगढी । सशस्त्र प्रहरी द्वारा भारतबाट नेपाल भित्रिँदै गरेको विस्फोटक पदार्थ बरामद गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ खुनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित विस्फोटक पदार्थ बरामद पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले २९ किलो ५०० ग्राम विस्फोटक पदार्थ सहित लख्मिपुर खिरी चन्दन चौकी बस्ने ४२ वर्षका शिव गुप्तालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं। ३४ गण हेडक्वाटर कैलाली प्रबक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहले पक्राउ गरेका व्यक्ति र बरामद गरिएको विस्फोटक पदार्थ प्रहरीको जिम्मा लगाएको बताए । 

clock शुक्रबार २२, असार २०८० १०:४४     विश्वास खबर

प्रतिक्रिया