मदन भण्डारीका विचार र सिद्धान्त व्यवहारमा लागु गरौँ : एमाले सचिव भट्ट

  बिहिबार २१, असार २०८० १८:१६

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले जननेता मदन भण्डारीका जीवन्त विचार र सिद्धान्तलाई व्यवहारमा सबैले व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् ।

भण्डारीको जन्म जयन्तीको अवसरमा जनसांस्कृतिक महासंघ कैलालीले गरिरहेको साप्ताहव्यापी उत्सव अन्तरगत बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव भट्टले भण्डारीका विचार र सिद्धान्तको आत्मसाथ गर्दै व्यवहारमा उर्तान निर्देशन समेत दिएका हुन् ।

‘हामीले मदन भण्डारीलाई सम्झिने मात्र होइन उहाँका जीवन्त विचार, राष्ट्र प्रेम र सिद्धान्तलाई अनुशरण गर्दै व्यवहारमा लागु गर्नुपर्छ,’ भट्टले भने, ‘उहाँका विचारलाई जनतासम्म लगेर कार्यान्वयन गर्न र व्यवहारमा लागु गछौँ कि गर्दैनौँ ? भन्ने महत्वपूर्ण प्रश्न पनि हाम्रो सामू रहेको छ ।’

नेता भट्टले पार्टीलाई बलियो बनाउन गलत प्रवृत्तिलाई निस्तेज गर्न जरुरी रहेको बताउदै कला तथा रचनाको माध्यमबाट पनि खबरदारी गर्नुपर्ने बताए । पार्टीले अहिले २०८४ सालमा एकल बहुमत ल्याउनेगरी मिसन १५० अभियान चलाइरहेको बताएका भट्टले उक्त लक्ष्य भेटाउन सबैले सुध्रिनुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

clock बिहिबार २१, असार २०८० १८:१६

प्रतिक्रिया