परिवर्तनको अनभूति गर्न डडेल्धुराका जनताले अब धेरै पर्खिनु पर्दैन : सभापति लामिछाने

  बिहिबार २१, असार २०८० १७:२६

डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डडेल्धुराका जनताले परिवर्तनको अनभुति गर्न अब धेरै पर्खिनु नपर्नेले बताउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले डडेल्धुरामा पहिलो पटक आयोजना गरेको जनसभामा बोल्दै सभापति लामिछानेले गएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा बीउ मात्र रोपेको हो फल २०८४ मा फल्ने बताउनु भयो ।

साथै यहाँका जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनताको अपेक्षा अनुरुप काम नगरेको उहाँले बताउनु भयो । उहाँको उक्त भनाइ पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लक्षित थियो ।

जिल्ला संयोजक पारस वाहुनको अध्यक्षतामा सम्पन्न भएको जनसभामा बोल्दै सभापति लामिछानेले अहिलेको राजनीतिक पुस्ताले युवाहरुलाई भारत लगायत तेस्रो मुलुकमा बिदेशिन बाध्य पारेको भन्दै बर्तमान बिकृति बिसंगतिलाई चिर्न डडेल्धुराबासीले तम्तयार रहन आग्रह समेत गर्नुभयो ।

साथै उहाँले आगामी निर्वाचनमा सहि नेतृत्वले मात्र देश बन्ने धारणा राख्दै देशका लागि ईमान्दारितापूर्वक काम गर्ने सहि नेतृत्वको पक्षमा स्वतन्त्र पार्टी रहेकोले आगामी आम निर्वाचन पछि युवाहरुलाई देशमै अवसर दिने बाताबरण सिर्जना गर्न आफूहरु सडकदेखि सदनसम्म प्रयास गरिरहेको बताउनु भयो ।

वर्षेझरीमा छाता ओढेर भाषण सुन्न आएका सर्बसाधारणहरुले रवि दाइ हाई हाई भन्दै नाराबाजी गर्नुका साथै करिब दुई सय भन्दा बढिलाई सभापति लामिछानेले रास्वापाको सदस्यता स्वरुप लोगो लगाइदिनु भएको थियो ।

clock बिहिबार २१, असार २०८० १७:२६

प्रतिक्रिया