कैलालीको अत्तरियामा आजदेखि महोत्सव आयोजना हुँदै

  बुधबार ०९, पुष २०८२ ०७:२४

अत्तरिया । कैलालीको अत्तरियामा २ वर्षको अन्तरालपछि आजदेखि महोत्सव आयोजना हुने भएको छ । २०६७ सालदेखि अत्तरियामा आयोजना हुँदै आएको महोत्सव गत वर्ष रोकिएको भए पनि यस वर्ष नयाँ आयोजकले नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गर्न लागेको छ । २०६७ देखि २०१७१ सम्म अत्तरियामा महोत्सव आयोजना गरिसकेको न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु हुन लागेको हो । २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो । गत वर्ष उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण महोत्सव हुन सकेको थिएन । यस वर्ष पनि महोत्सव आयोजना हुने अवस्था नभएपछि क्लबले महोत्सव आयोजना गर्न लागेको हो ।

यस पटकको महोत्सवको स्थान पनि परिवर्तन भएको छ । यसअघि अत्तरियामा रहेको लामिताल क्षेत्रमा महोत्सव आयोजना हुने गरेकोमा यस वर्ष लामितालको दक्षिण पट्टि रहेको सुरक्षा सामुदायिक वनको खुला चौरमा महोत्सवको मञ्च तयार पारिएको छ । महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सव उद्घाटन अघि बिहान १० बजे देखि अत्तरिया बजारमा ¥याली सहित परिक्रमा गरिने मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक यु सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् । उनले आज पुस ९ गते देखि १९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको र, शृङ्गार पटारको काम मात्रै बाकी रहेको बताए । उनले महोत्सवमा सबै काम सकिएको र स्टेज सजाउने काम मात्रै बाँकी रहेको बताए । उनले महोत्सवमा महतपूर्ण कुरा नयाँ ठाउँमा महोत्सव स्थल तयार गर्न आफूहरू सफल भएको बताए । उनले महोत्सवमा १८० रहने र सबै बुक भइसकेको बताए ।

महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सफल पार्नको लागि विभिन्न समितिहरू मार्फत व्यवस्थापन हुने अध्यक्ष राईले बताए । महोत्सव उद्घाटन कार्यक्रम बिहान १० बजे देखि सुरु हुने जनाइएको छ ।

महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने उनले बताए । ‘हामी एउटा सामाजिक संस्था हौ । हामीले विगतदेखि सामाजिक काम, खेलकुदका काम अघि बढाइरहेका छौ’ उनले भने ‘महोत्सवबाट हुने नाफाको रकम पनि सामाजिक काममा खर्च गर्ने छौ ।’

महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताए । उनले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता रहने बताए । महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क, विद्यार्थीलाई ५० रुपैयाँ र सामान्य टिकट १ सय रुपैयाँ तोकिएको छ । महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको अध्यक्ष राईले बताए ।

clock बुधबार ०९, पुष २०८२ ०७:२४

प्रतिक्रिया