धनगढीमा एकै घरका देवर–भाउजु ब्राउन सुगरसहित पक्राउ
धनगढी । कैलालीको धनगढीमा एकै घरका देवर–भाउजु ब्राउन सुगरसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१० बस्ने राम मिलन रानाको घरमा अवैध लागुऔषध बिक्रि वितरण भईरहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्दा उनको श्रीमती २० वर्षकी द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र भाई १७ वर्षको महेश राना रानाको साथबाट १४० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रहरीले दुबै जना देवर–भाउजुलाई मंगलार पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध व्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
यसैगरी टीकापुर नगरपालिका–९ खक्रोला चेकपोष्टबाट बर्दियाको राजापुर नगरपालिका–४ घुम्ना बस्ने २१ वर्षीय राजेश थारु र संघर्षनगर बस्ने २३ वर्षीय ईन्द्रबहादुर थारुलाई पक्राउ गरिएको छ। यी दुबै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट २ ग्राम ९०० मिलिग्राम खैरो हिरोईन फेला पारी उक्त पदार्थसहित दुबै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
टीकापुरबाटै थप एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रोला चेकपोष्टबाट लम्किचुहा नगरपालिका–४ कौवापुर बस्ने २६ वर्षीय सुनिल मल्ल पक्राउ परेका छन्। मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प ८१३५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलको सिट भित्र २ ग्राम ९८० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मल्ललाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया