कैलाली कञ्चनपुरबाट एकै दिन १७ फरार प्रतिवादी पक्राउ
अत्तरिया । कैलाली कञ्चनपुरबाट प्रहरीले एकै दिन १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका १३ जना र जिल्ला अदालत कञ्चनपुरको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ४ जना पक्राउ परेका हुन ।
उनीहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया